Politics

माटोमै भोट हाल्न ४४ श्रमप्रेमी मतदाता विदेशबाट नेपाल फर्किए

माटोमा भोट हाल्नुपर्छ भन्ने भावना बोकेर ४४ जना श्रमप्रेमी नेपाली विदेशबाट नै फर्किए। ‘जय माटो, जय देश’ नारासहित उनीहरू हर्का समर्थक भएर आफ्नै थातथलोमा आएर मतदान गर्न आतुर देखिए।

By Routine of Sunsari
1 min read16 views
माटोमै भोट हाल्न ४४ श्रमप्रेमी मतदाता विदेशबाट नेपाल फर्किए

माटोमा भोट लगाउनुपर्छ भन्ने आन्तरिक भावना बोकेर ४४ जना श्रमप्रेमी नेपाली विदेशबाट नै स्वदेश फर्किएका छन्। उनीहरूले ‘जय माटो, जय देश’ नारासहित आफ्नै जन्मभूमिमा आएर लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाउँदा विशेष खुसी व्यक्त गरेका छन्। वर्षोंदेखि पसिना बगाएर प्राप्त कमाइबाट टिकट काटी हतार–हतार स्वदेश फर्किएका उनीहरूको लक्ष्य स्पष्ट छ – माटोको इज्जत जोगाउने नेतृत्व रोज्ने।

यी सबै श्रमिक हर्का समितिप्रति खुलेर समर्थन जनाउँदै “व्यवस्था बदल्ने हो भने सही मान्छे छान्नुपर्छ” भन्ने सन्देश बोकेर आएका हुन्। उनीहरूको भनाइमा, विदेशमा बसेर रातदिन मेहनत गरेको कमाइ, हरेक समस्यामा परिवारले भोग्ने पीडा र देशप्रतिको माया सबै मिलेर अन्ततः मतपेटिकासामु अभिव्यक्त हुन्छ। माटो र पहिचान जोगाउने नेतृत्वका लागि भोट हाल्न आफूहरू विशेष रूपमा नेपाल आएका बताउँदै उनीहरूले अरू मतदातालाई पनि सचेत भोट हाल्न आग्रह गरेका छन्।

तिनीहरूले विमानस्थलबाटै “पहिला माटो, पछि जे पाए पनि चल्छ” भन्ने मनस्थितिसहित घरतर्फ लागेका दृश्यले सामाजिक सञ्जालमा पनि चर्चा पाइरहेको छ। विदेशमा टाढा बसेर पनि देशको राजनीति, विकास र इमानदार नेतृत्वको आवश्यकता अनुभूति गर्ने युवाहरूले व्यवहारमै उदाहरण पेश गरेका छन्। उनीहरूको उत्साह र हर्काप्रति देखिएको विश्वासले आगामी निर्वाचनमा परिवर्तनको लहर अझ बलियो हुने संकेत गरेको स्थानीयहरूले टिप्पणी गरेका छन्।

About the Author

Routine of Sunsari

Routine of Sunsari

Author

Comments (0)

Please login to leave a comment

No comments yet. Be the first to comment!

Related Articles